EN
  • English
  • नेपाली

March 13, 2022

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको १६ औं वार्षिक साधारण सभा समितिका अध्यक्ष प्रद्युमन पोखरेलको अध्यक्षतामा हालै सम्पन्न भएको छ । 

उक्त साधारण सभाले एशोसियसनको वार्षिक प्रतिवेदन, आ.व. ०७७/७८ को लेखापरीक्षण प्रतिवेदन, आ.व. ०७८/७९ को अनुमानित आय व्यय विवरण र लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताब स्वीकृत गरेको छ ।

त्यस्तैगरी, एशोसियसनको छापलाई स्तरिकृत गर्नका लागि नयां छाप तयार गरी  परिवर्तन गर्नका लागि गरेको प्रस्ताव पनि उक्त साधारण सभाले सर्वसम्मत रुपमा स्वीकृत गरेको छ ।