March 15, 2024
डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालले नव वियूक्त माननिय अर्थमन्त्री बर्षमान पुनलाई भेट गरी बधाई ज्ञापन तथा कार्यकाल सफलताको शुभकामना ब्यक्त गरेको छ । एशोसिएसनका अध्यक्ष सुयोग श्रेष्ठको नेतृत्वमा एशोसिएसनका पदाधिकारीहरुले अर्थमन्त्री पुनलाई भेट गर्नुभएको थियो । उक्त भेटघाटको क्रममा एसोसिएसनका अध्यक्ष श्रेष्ठले देशको समग्र अर्थतन्त्रमा विकास बैैकहरुले पु¥याएको योगदानको बारेमा जानकारी गराउनु भएको थियो । भेटघाटको क्रममा अर्थमन्त्री पुनले देशको अर्थतन्त्रको सवाङ्गिण विकासको लागि विकास बैंकहरुले पु¥याएको योगदानको प्रशंशा गर्नु भएको थियो ।