EN
  • English
  • नेपाली

February 13, 2022

डेभलपमेण्ट वैंकर्स एसोसियनको गण्डकी प्रदेश च्याप्टर अन्तर्गत गण्डकी प्रदेश विकास वैंक फोरमको गठन भएको छ । डेभलपमेण्ट वैंकर्स एसोसियसनका कार्यसमिति सदस्य तथा ग्रीन डेभलपमेण्ट वैंक लि.का प्रमुख कार्यकारी अधिकृत उमेश कुमार आचार्यको प्रमुख आतित्यथामा सम्पन्न भएको उक्त भेलाले गरिमा विकास वैंकका पोखरा क्लस्टर प्रमुख भोला प्रसाद तिवारीलाई संयोजक र ग्रीन डेभलपमेण्ट वैंक लि.का सुशिल पौडेललाई सहसंयोजकमा सर्वसम्मत चयन गरेको छ ।

उक्त प्रदेश विकास वैंक फोरमको सदस्यमा ज्योति विकास वैंकका विशाल लामिछाने, कामना सेवा विकास वैंकका शिव कुमार ढकाल, लुम्विनी विकास वैंकका वल वहादुर ढकाल, महालक्ष्मी विकास वैंकका गणेश प्रसाद आचार्य, मुक्तिनाथ विकास वैंकका शंकर के.सी, साग्रीला डेभलपमेण्ट वैंकका रेवन्त श्रेष्ठ र साईन रेशुङ्गा डेभलपमेण्ट वैंकका नमराज वराल रहेका छन् ।

  प्रमुख अतिथी आचार्यले विकास वैंकहरुको साझा व्यवसायीक समस्या, आफ्ना प्रदेशभित्र भएका र गर्नुपर्ने विभिन्न गतिविधीहरुलाई संस्थागत रुपमा डेभलपमेण्ट वैकर्स एसोसियसनमा पठाउने, सम्वन्धीत कार्यालयहरुमा समन्वय गर्नको लागि केन्द्रीय स्तरमा विभिन्न विभागहरुका विभागीय उपसमिति गठन गरिएको र सोही अनुरुप विभिन्न प्रदेशहरुमा प्रदेश विकास वैंक फोरमको गठन गर्ने कार्यको थालनी गरिएको बताए। 

नवनिर्वाचित संयोजक भोला प्रसाद तिवारीले गण्डकी प्रदेश भित्र रहेका सम्पुर्ण विकास वैंकका समस्या तथा चुनौतीलाई संस्थागत रुपमा सम्वोधन गर्न नेपाल राष्ट्र वैंक, डेभलपमेण्ट वैंकर्स एसोसियन तथा अन्य निकायहरुमा समन्वय गरिने बताए ।