EN
  • English
  • नेपाली

February 19, 2022

प्रदेश १ मा  डेभलपमेण्ट बैंकर्स एसोसियनको प्रदेश च्याप्टर अन्नतरगत प्रदेश १  विकास वैंक फोरमको गठन भएको छ ।  डेभलपमेण्ट बैंकर्स एसोसीएसनका पूव र्कायसमिति सदस्य तथा मितेरी डेभलपमेण्ट बैकका प्रमुख कार्यकारी अधिकृत तुलससी प्रसाद वस्तीको आतित्थयमा बसेको बैठकले गरिमा विकास बैंकका  मिनप्रसाद सुबेदीलाई संयोज र मुक्तिनाथ विकास बैंकका मनोज बिष्टलाई सह–संयोजक चयन गरेका छ ।

 बिहिबार इटहरी स्थित होटल गोर्खामा भएको बैठकले फोरमको सदस्यहरूमा   कामना सेवा विकास बैैंकका खिमलाल भुसाल, साग्रिला बिकास बैैंकका उमेश खड्का, महालक्ष्मी बिकास बैंकका भरतप्रसाद खतिवडा र मितेरी डेभलपमेण्ट बैकका विशाल श्रेष्ठ रहेका छन् ।

 विकास बैंकहरुको  व्यवसायिक समस्या तथा  प्रदेशभित्र भएका र गर्नुपर्ने विभिन्न गतिविधीहरुलाई संस्थागत रुपमा डेभलपमेण्ट वैकर्स एसोसियसनमा पठाउने र  समन्वय गर्नका लागि केन्द्रीय स्तरमा विभिन्न विभागहरुका विभागिय उपसमिति गठन गरिए अनुरुप  प्रदेशहरुमा पनि प्रदेश विकास बैंक फोरमको गठन गरिएको अध्यक्ष वस्तीले बताए ।